मेची उद्योग वाणिज्य संघद्वारा व्यापार, निकासी प्रवर्धनका लागि आगामी पौष ९ देखि १७ गतेसम्म आयोजना गर्न लागेको तेश्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा पर्यटन महोत्सव–२०७६ का विषयमा बुधवार पत्रकार सम्मेलन गरि महोत्सवको तयारीका विषयमा जानकारी गराएको छ । महोत्सवमा साना, मझौला तथा ठूला उद्योगका उत्पादन, दैनिक उपभोग्य सामग्री, कृषिजन्य वस्तु तथा उत्पादनहरु, अटोमोवाइल्स, आई.टी. हस्तकला, सेवा क्षेत्र, बैंक/वित्तिय संस्था, नर्सरी तथा विविध विदेशी स्टलहरु समेतको सहभागिता रहने छ । महोत्सवमा २०० भन्दा बढि स्टलहरु मार्फत रु. ५ करोड बढिको कारोवार हुने तथा सो अवधिमा १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य रहेको संघद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 
महोत्सवलाई विभिन्न चार भागमा वर्गिकरण गरिएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा साङ्गीतिक क्षेत्र, वाल उद्यान तथा मनोरञ्जन र खानपान (Food Zone) क्षेत्रका रुपमा अलग अलग क्षेत्रहरु रहने छन । यसैगरी छुट्र्ट सेल्फीजोनका साथै समाचार सम्प्रेषणका साथै सुचना तथा जानकारीका लागि महोत्सव स्थलमा मिडिया सेन्टरको व्यवस्था गरिने छ । महोत्सवमा भारत, वंगलादेश, भुटान, पाकिस्तान लगायतका व्यवसायी तथा अवलोकनकर्ताहरुको सहभागिता रहने छ भने आकर्षक सेल्फीजोन सहित सांस्कृतिक पहिचान झल्कने सामग्री तथा झाँकीहरु, स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु तथा व्याण्डहरुको दैनिक प्रस्तुती रहने विषयमा सो सम्मेलनमा जारी प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको थियो । 
संघका अध्यक्ष ऋषिराज तिम्सिना, महोत्सव आयोजक समितिका संयोजक भुमी पौडेल, अर्थ संकलन समितिका संयोजक मोहन निरौला, मञ्च व्यवस्थापन समितिका संयोजक ध्रुव कनाल, प्रचार प्रसार समितिका संयोजक संदिप ओली, कृषि प्रवर्धन समितिका संयोजक रविचन्द्र नेपाल, स्टल व्यवस्थापन समितिका संयोजक राजुकुमाार पोद्धार, भौतिक पूर्वाघार समितिका संयोजक झुनादेवी वानिया, संघका उपाध्यक्ष (वाणिज्य) कल्याण खड्का, उपाध्यक्ष (महिला) विना तामाङ्, कार्यकारिणी सदस्यद्वय विपेन्द्र लामा तामाङ् र अञ्जु थापा सहित काठमाण्डौ, विराटनगर लगायत झापा जिल्ला स्थित विभिन्न संचारगृहमा आवद्ध संचारकर्मीका साथै भारतको सिलिगुडी मिडिया सेन्टरका अध्यक्ष सहितका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

Subscribe to us for your support

Subscribe