तेस्रो अन्तरराष्ट्रिय उद्योग व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७६ को आयोजना सम्बन्धी स्थानिय राजनीतिक दलहरुसँग एक छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरियो । संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष ॠषिराज तिम्सिनाले मेला तथा महोत्सवको आयोजना सम्बन्धी प्रारम्भिक प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । भेलामा संघका भुत पुर्व अध्यक्ष केशवराज पाण्डे, माननीय सुरेन्द्र कार्की, नेपाली काङ्रेसका छेत्रीय अध्यक्ष मणीकुमार उप्रेती, नगर सभापति ईन्द्र बुडाथोकी, नेकपा नगर सचिव खेमराज पोख्रेल, रा.प्र.पा छेत्रीय अध्यक्ष रमेश दाहाल, नगर अध्यक्ष सुशिल रिजाल, संघिय समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकश खापुङ, व्यवसायी उदयकुमार श्रेष्ठ अजय, घिमिरे लगायतले महोत्सव सफल बनाउनका लागि सुझाव सहित प्रतिबद्दता जनाउनु भएको थियो। महोत्सव आगामी पौष ९ - १७ गते तदनुसार २५ डिसेम्बरदेखी २ जनवरी २०२० सम्म धुलाबारीमा हुनेछ ।